उसैपनि नेपाली कांगे्रसमा अन्तरकलह नौलो होइन । दोस्रो संविधानसभाको चुनाव सकिएको दश महिना पुगिसक्दा पनि कांग्रेसभित्रको अन्तरसंघर्ष सतहमै प्रकट भएको छ । मोरङ क्षेत्र नं. ९ का निर्वाचित सभासद् डिगबहादुर लिम्बू र सो क्षेत्रका कांग्रेस सभापति खड्ग फागोबीचको अन्तरद्वन्द्वले स्थानीय कांग्रेसजनहरू यतिबेला ‘कुहिरोको काग’झै बनेका छन् । यद्यपि पार्टीभित्रको असन्तुष्टिका बारेमा सभापति फागो भने सन्तुलित टिप्पणी गर्नुहुन्छ ।
धनकुटाको कुरूलेतेनुपा–३ मा जन्मेहुर्केका फागो पारिवारिक वातावरणका कारण चारतारे झण्डामुनि गोलबद्ध भएको बताउनुहुन्छ । धनकुटा कांग्रेसका नेता समेत रहेका दाजु कमोट फागोको प्रेरणाले किशोरावस्थादेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ । मोरङको कांग्रेस राजनीतिमा दह्रो पकड बनाउनुभएका फागो भातृ संगठन तरूण दल मोरङका उपाध्यक्ष समेत हुनुहुन्छ । वामपन्थीहरूको परम्परागत गढ मानिने मोरङ क्षेत्र नम्बर ९ मा पहिलोपल्ट गत चुनावमा कांग्रेसले जीत हात पार्नुको श्रेय सभापति फागोलाई नै दिने गरिन्छ । प्रस्तुत छ क्षेत्रीय सभापति फागोसँगको संवादका अंशहरू ः–
![]() | ||
दिनचर्या कसरी बिताइराख्नुभएको छ ?
भर्खरै नेपालीहरूको महान् चाड बडा दशैँ सकिएको छ । समान्यतयाः दिनचर्या अन्य दिनहरू भैmँ बितिरहेको छ । कार्यकर्तासँगको भेटघाट, स्थानीय समस्याहरूको निराकरण गर्ने, समस्यामा परेकाहरूलाई सरसहयोग गर्ने जस्ता सामाजिक कामहरू आफ्नातर्फबाट भइरहेका छन् ।
कांग्रेसले मोरङ ९ बाट पहिलोपल्ट खाता खोल्नुको रहस्य बताइदिनुहोस् न ?
१२ औं महाधिवेशनपछिको यो क्षेत्रको क्षेत्रीय समिति हुनअघि पार्टीको मेरूदण्डका रूपमा चिनिने भातृसंगठनहरू निस्क्रिय अवस्थामा थिए । त्यसपछि मात्र यहाँको पार्टीका सबै तह र तप्का सक्रिय भएका हुन् । क्षेत्रभरिका भातृसंगठनहरू चलायमन बनेको कुरालाई कसैले नजरअन्दाज गर्न सक्दैन । कम्युनिष्टहरूले झुटको खेती गर्दै जनतालाई झुक्याउने कार्य गरेकोप्रति कार्यकर्ता र आम जनतालाई जागृत गराउन भूमिका खेले । यस क्षेत्रको विकास किन भएन ? भन्ने कुरा क्षेत्रको पनि दुरदराजका गाउँसम्म पु¥याउन सफल भए । राजनीति ढाँट र छलकपटबाट सम्भव छैन भन्ने कुरा अहिले सबैलाई अवगत भइसकेको छ । फलस्वरूपः हामीले शानदार ढंगले चुनाव जित्यौं । चुनाव कसरी जितिन्छ भन्नुभन्दा पनि जनतालाई रिझाउन सक्नु नै लक्ष्य प्राप्तिको खुड्किलो हुँदो रहेछ ।
कांग्रेसमा गुट उपगुटको मारमुङ्ग्री चलिरहन्छन्, के भन्नुहुन्छ ?
गुटउपगुट भन्ने कुरा राम्रो होइन । नेपाली कांग्रेस, कार्यकर्ताको लामो त्याग, बलिदान र संघर्षबाट बनेको पार्टी हो । जहानिया राणाशासनको अन्त्य र पञ्चायती व्यवस्थालाई ढाल्दै यो अवस्थामा आइपुगेको हो । हिजो पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सहासी योद्धाहरूले कहिल्यैपनि पार्टीभित्र गुटउपगुट बनाउनेतर्पm सोचेनन् । पार्टीलाई बिगार्ने र भत्काउन खोज्नुहरू गुटउपगुट खडा गरेर पार्टी चलाउन सकिन्छ कि भन्ने मानसिकता बोकिरहेका छन् । त्यस्ता तत्वहरूले यतिबेला पार्टीलाई कमजोर बनाउन भूमिका खेलिरहेका छन् । कांग्रेसमा आवद्ध हुन चाहनेहरूलाई कांग्रेस राजनीतिको पुष्ठभूमि बुझाउन मात्र सके गुटको अन्त्य आफैं हुन्छ ।
तपाईंलाई पनि पार्टीपंक्तिभित्र एउटा गुटको मान्छे त भन्छन् नि ?
म कुनै गुटको मान्छे होइन । हो, पार्टीमा म संस्थापनतिरै बसेर काम गरेको मान्छे हुँ । पार्टीको कार्यसम्पादनमा मैले कहिल्यै यो गुट र त्यो गुट भन्ने गरेको छैन । हाम्रा सबै नेता÷कार्यकर्ता कांग्रेसी नै हुन् । कस्ले के भन्छन्, म त्यस्ता विषयमा चासो राख्दिँन । चारतारे झण्डामा आबद्ध भएपछि सबै नेपाली कांग्रेस नै हुन्, कसैलाई भेद्भाव गर्ने मेरो नीति छैन ।
मोरङ ९ का कांग्रेस कार्यकर्ताहरू त तपाईं र सभासद् डिगबहादुर लिम्बूको पक्ष÷विपक्षमा विभक्त छन् रे, नि ?
यो कुरा सभासद ज्यूलाई नै बढी थाहा होला वा प्रश्न सोध्ने तपाईंलाई नै । यसै हो भने मेरो पक्षमा पार्टीका लगनशील कार्यकर्ताहरू छन् । सभासद्को पक्षमा चाँही को–को छन्, मलाई थाहा छैन । कसैले कार्यकर्ताहरूलाई छुट्याएर मेरो÷तेरो मान्छे भन्दै हिड्छ भने यो उनीहरूको दिवास्वप्ना हो । जसले मोरङ ९ मा कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्छ, कुनै पनि गुटमा लाग्दैन, निश्चित रूपमा ती व्यक्ति खड्ग फागोकै मान्छे हुन् । कसैलाई बलेको आगो ताप्न मन लाग्छ भने ती मेरा मान्छे होइनन् । स्वार्थ पूरा गर्न चाहने ‘आसेपासे’हरू चाँही डिगबहादुरका मान्छे होलान् ।
सभासद डिगबहादुर लिम्बूसँग तपाईं रूष्ट हुनुको कारण चाँही के हो ?
९ नम्बर क्षेत्रका आम कांग्रेसीहरूलाई थाहा छ, खड्ग फागोबाट कुनै छलकपट हँुदैन भन्ने मान्यता छ । कुनै व्यक्ति सभासद, मन्त्री वा अन्य लाभको पदमा जाने त पार्टीबाटै हो । विगतमा ९ नम्बर क्षेत्र कम्युनिष्टहरूको लालकिल्ला थियो । उनीहरू यस क्षेत्रबाट बढारिनु भनेको आमजनतालाई ढाँट गरेरै हो । हाम्रा सभासदले पनि जनताहरूलाई दिएको आश्वासन पूरा गर्न त परै जाओस् उनी पनि चुनाव जितेपछि जनताको घरदैलोसम्म पुगेका छैनन् । चुनावताका सुकुम्बासी समस्याको उठान, टाँडी गाविसमा लावा खोलाबाट पानी ल्याएर सिंगो टाँडीबासीलाई खानेपानी दिने, उर्लाबारीकै वानडाँडामा सभासदले चुनाव जितेको एक महिनाभित्रमा खानेपानी ल्याइदिने, मावा खोलाको तटबन्ध निर्माणलागयत विभिन्न आश्वासनहरू दिइएका थिए । ती समस्या समाधानको त कुरै छाडौं, कुनै पहल समेत भएको छैन । यसरी सभासदले ढाँटछल गर्दै जाने हो भने कार्यकर्ता र जनतामाझ कसरी मुख देखाउनु ? मेरो भन्नु यतिमात्र हो की अब ढाँट र छलबाट राजनीति सम्भव छैन । ममा धुप बालेर मान्ने चलन छैन ।
सभासद्कै बारेमा भन्नुपर्दा उनले संगठनले निर्देशन गरे अनुसारको काम नगर्ने, दुई÷चार जना धुपौरे प्रवृत्तिका मानिसहरू अघिपछि लिएर हिड्ने गरेका छन् । जनप्रतिनिधि भएर आफ्नो क्षेत्रको अभावहरूलाई सम्बोधन गर्न छाडेर गुट उपगुट बनाउँदै हिडेको पाइएको छ । केही दिनअघि कै कुरा गरौँ न, मधुमल्ला र उर्लाबारीमा डिगबहादुरले कार्यक्रमको आयोजना गरेछन् । न मधुमल्ला र उर्लाबारीका पार्टी कार्यकर्ताहरूलाई थाहा दिइयो, न त भातृसंगठनका संयोजकलाई नै कार्यक्रमका बारेमा थाहा भयो । कतिसम्म भने क्षेत्रीय समितिलाई समेत जानकारी दिइएन । के सभासदले पार्टी चलाउने हो ? हामीले भन्दा पनि तपाईं पत्रकारहरूले डिगबहादुरलाई भेटेको बेला यसबारेमा सोधिदिनु होला । विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा आउनुभएका साथीहरूको बारेमा सभासद्लाई के कति थाहा छ र, वाहियात !
चुनावमा ‘सुकुम्बासीको नेता हुँ’ भन्दै सुकुम्बासीको घरघरमा भोट माग्न गएका उनी अहिले ‘सुकुम्बासीको घर जाऊँ न ?’ भन्दा मुन्टो फर्काउँछन् । उनले महलका कार्यकर्तामात्र रुचाउन थालेका छन् । उनी मीठा–मीठा परिकारमा रमाउन थालेका छन् रे । कति दिनसम्म उनले धुपौरेको आश गर्दै जान्छन्, हेर्दै जाउँ ।
तपार्इंले अख्तियारी लिएको रकम दुरूपयोग भएको भन्दै सभासद्ले नै आरोप लगाएका छन् नि ?
सभासद कोषको रकम डिगबहादुर स्वयम्ले सभासद स्वयंमले मलाई मेरो घरमै आएर अख्तियारी दिएको अवस्था हो । सभासद कोषमा आएको त्यो १० लाख रकमे सभासदले जनता र कार्यकर्तामाझ गरेको वाचा अनुरूपको कुनै पनि कार्य सम्पन्न हुन कठिनाई थियो । सभासदले मलाई त्यही भएर रकम अख्तयारी दिनुभएको थियो । मैले त्यो रकम लेटाङ, मधुमल्ला, उर्लाबारी लगायतका गाविसहरूमा खर्च भएका छन् । सबै रकमको हिसाब किताब सहितको बिल भौचर अहिले पनि मसँग सुरक्षित छन् । १० लाखबाट खर्च गर्न बाँकी ५ रूपैयाँ म पार्टीको क्षेत्रीय कोषमा बुझाउँदै छु । अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको रकम सदुपयोग भएको कोष रकमको निरीक्षण गर्न आउने टोलीले पनि बताएका छन् । निरीक्षण गर्न आउने टोली सन्तुष्ट हुँदैँ यस क्षेत्रको प्रशंसा गरेर गएका छन् । कोषमा आएको रकम खेलकुद, पत्रकारिता तालिम, अपाङ, खानेपानी, मन्दिरलाई सामग्रीका साथै शैक्षिक संस्थालाई दुई लाख सहयोग भएको अवस्था छ ।
तपाईंले चुनावमा टिकट नपाएर असन्तुष्ट व्यक्त गर्नुभएको त होइन ?
टिकट नपाएर असन्तुष्टि मैले कहाँ गरेको छु र ? असन्तुष्ट भएका कार्यकर्ताहरूलाई चुनावी माहोलमा अगाडि बढाएर लैजाने म खड्ग फोगो नै हुँ । चुनावी सभामा सभासदले ‘घाँटी दुख्यो’ भन्दा घाँटी फुक्ने गरी मैले बोलेको छु । १२औँ महाधिवेशनभन्दा अगाडि नेपाली कांग्रेसको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? मलाई विभिन्न व्यक्तिहरुले अहिले धन्यवाद दिन्छन् । आज हामी सफल भएका छौं कांग्रेसको चारतारे झण्डा फहराउन, यो क्षेत्रमा । टिकट ठूलो की संगठन ठूूलो हो भन्ने कुरा अबुझहरूले भनेका कुराहरु मात्र हुन् । यस्तो कुरामा मलाई मतलब छैन ।
र, अन्त्यमा..............?
महान् पर्व दशैँ भर्खरै सकिएको छ । शुभ दिपावली, छठको शुभकामना म सम्पूर्ण नेपालीहरूलाई दिन चाहन्छु । म नेपाली कांग्रेसका बफादार सिपाहीहरूलाई लभी÷गुट नबनाइ र कसैसँग शंका नगरिकन आ–आफ्नो जिम्मेवारी बहन गर्दै अगाडि बढ्न आग्रह गर्दछु ।
प्रस्तुतिःगोविन्द पोख्रेल
No comments:
Post a Comment